
महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन बोगटी र नरेन्द्रकमाुर विकबाट सो रकम लुटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिए ।
पीडितले आफूहरुले बैंकबाट झिकेको रु २२ लाख र आफ्ना साथमा रहेको रु १० लाख गरी रु ३२ लाख लिएर हिँडिरहेका अवस्थामा बा४५प ४५२५ नम्बरको पल्सरमा आएका दुईजनाले सो रकम लुटेको प्रहरीलाई बताएका छन् ।
जग्गाको कारोबारका लागि आफूहरुले सो रकम लिएर हिँडेको विक र बोगटीले प्रहरीलाई जानकारी दिएका छन् ।
प्रवक्ता कार्कीले घटनाका दोेषी पहिचाननजिक पुगिसकिएको जानकारी दिँदै उनीहरु छिट्टै पक्राउ पर्ने बताए । रासस
प्रतिक्रिया दिनुहोस्