Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


नेकपाका दुई अध्यक्षबीचको मतभेद चुलियोः प्रचण्डले उठाए सरकारप्रति प्रश्न(भिडियो)


0
Shares

अक्कल कुँवर र ध्रुव भट्टराई(ईमेज)

काठमाडौं । भेनेजुएलाको आन्तरिक राजनीतिक संकटले नेपालको राजनीतिमासमेत हलचल ल्याएको छ ।

भेनेजुएलामा विकसित राजनीतिक संकटले मुख्यगरी नेपालको सत्तारुढ दल (नेपाल कम्युनिष्ट पार्टी) नेकपाभित्र ठूलै खैलाबैला उत्पन्न भएको छ ।

भेनेजुएलाको राजनीतिक संकटकै विषयमा सत्तारुढ दलका शीर्ष नेताहरुबीच जुहारी चलेको छ ।

जसले गर्दा सरकार र पार्टीको भविष्यमाथी नै अनेकौ शंका उत्पन्न भएको छ ।

भेनेजुएलाको राजनीतिक संकट र अमेरिकाको हस्तक्षेप बारे पार्टीका अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको विज्ञप्तीप्रति सुरुमा अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपीओली मौन जस्तै देखिएका थिए ।

तर, विकसित घटनाक्रमसंगै बुधबार पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भेनेजुएलाको राजनीतिक संकट बारे निकालिएको वक्तव्यमा अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) चिप्लिएको प्रतिक्रिया दिए ।

आफुले जारी गरेको विज्ञप्तीप्रति प्रधानमन्त्री ओलीको पनि सहमति रहने अपेक्षा गरेका अध्यक्ष दाहाल ओलीको भनाईपछि झस्किएका छन्  ।

उनले भोलिपल्टै चितवन पुगेर बिहीबार प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै आफ्नो विज्ञप्तीलाई पार्टी सचिवालयले आधिकारिकता दिइएसकेकाले कुनै एक व्यक्तिको कुराले कुनै अर्थ नहुने टिप्पणी गरे ।

भेनेजुएला प्रकरणबारे अध्यक्षद्धयको जुहारी यत्तिमै सिमित रहेन । यो विषयले पार्टी र सरकारप्रतिको असन्तुष्टिसमेत बाहिर आउन थालेको छ ।

शुक्रबार अध्यक्ष दाहालले आफ्नै पार्टी नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् ।

अध्यक्ष दाहालले संविधान र संघीयता कार्यान्वयन सम्बन्धमा सरकारमाथि नै प्रश्न उठाएका छन् ।

आफ्नै पार्टीका एकजना अध्यक्षले सरकारप्रति नै प्रश्न उठाएपछि कानुन, न्याय तथा संघीय व्यवस्थामन्त्री भानुभक्त ढकालले अध्यक्ष दाहालको भनाइएको खण्डन गर्दै संविधान र संघीयता कार्यान्वयनमा शंका नगर्न आग्रह गरे ।

अध्यक्षद्धयको जुहारीमा नेकपाका नेताहरु पनि विभाजित हुँदै गएका छन् । सामाजिक संञ्जाल ट्वीटरमा ट्वीट गर्दै एकजना प्रभावशाली नेता भीम रावलले अरु देशबारे टिप्पणी गर्दा पार्टी नै फुटेको विगतको इतिहास कोट्याउँदै इतिहास सम्झेर संयमित हुन अध्यक्षद्धयलाई चेतावनीको शैलीमा आग्रह गरेका छन् ।

यसअघि सार्वजनिक समारोहमा अध्यक्ष दाहालले सरकारको बचाउ गर्दै आएका थिए ।

तर,भनेजुएला प्रकरण बारे जारी विज्ञप्तीलाई लिएर आफ्नै पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीले आफुलाई तल पार्न खोजेको बुझेका अध्यक्ष दाहाल सरकारप्रति देखिएका छन् ।

भनेजुएला प्रकरण बारे जारी वक्तव्यले अध्यक्षद्धय ओली र दाहालबीच जुहारीसंगै दूरी बढ्दै गएको छ ।