Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


संवैधानिक प्रजातन्त्र र हिन्दु राज्य स्थापना नभएसम्म आन्दोलनः समाजवादी कांग्रेस


0
Shares

काठमाडौं । नेपाल समाजवादी कांग्रेसले मुलुकमा बढ्दै गएको भ्रष्टाचार र अनियमिता रोक्न सरकार उदासिन भएको आरोप लगाएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले भ्रष्टाचार र अनियमितताको खवरदारी गर्ने जनाएको छ ।

जनता मंहगीको मारमा परेको, सरकार कानुनसम्बत ढंगबाट नचलेको भन्दै ध्यानाकर्षण गर्ने जनाएको छ ।

नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले संवैधानिक प्रजातन्त्र र हिन्दु राज्य स्थापना नभएसम्म आन्दोलन गर्ने घोषण गरे ।

पार्टीले सबै जिल्लामा मंहगी, भ्रष्टाचार र सरकारको कामको निगारानीसमेत गर्ने भएको छ ।