२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया सुरु, आज उम्मेदवारी दर्ता


0
Shares

संसद् सचिवालयले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि आज बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको जनाएको छ

उम्मेदवारी दर्ताको समय सकिएलगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ ।

नयाँ प्रधानमन्त्री चयनका लागि भोली(आइतबार) बिहान ११ बजे बस्ने संसद् बैठकमा मतदान हुनेछ ।

प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनोनयन पत्र दर्ता गराउँदै छन् ।

माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र केही साना दलको समर्थनमा उनले प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने तयारी गरेका हुन् ।

सभामुखले प्रधानमन्त्री चयन प्रक्रिया अगाडि बढाए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद् अबरोध गरिरहेको छ ।

एमालेले चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुरु गर्नुपर्ने माग गर्दै आएको छ ।