२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कृषि उत्पादनको लागि ‘बुट क्याम्प–२०१७’


0
Shares

नेपाल इन्टरप्रेनर हब, विश्व बैंक र इन्फोडेभले दुई महिने एग्रिबिजनेस बुट क्याम्पको आयोजना गरेका हुन् ।

बुट क्याम्पमा सहभागी हुन ६४१ जना व्यवसायीले आवेदन दिएका थिए । जसमा, ३८३ स्टार्टअप र २५८ व्यवसाय रहेको नेपाल इन्टरप्रेनर हबका ब्रिजेन्द्र जोशीले जानकारी दिए ।

कार्यक्रममा सहभागी भएकाहरुले आफ्नो उत्पादनलाई कसरी गुणस्तरीय बनाउने एवं थोरै नाफाबाट धेरै व्यापार गर्ने उपायहरु सिकेको बताएका छन् ।

क्याम्पको अवधिमा सहभागीहरुले विज्ञहरुसँग आपूर्ति सप्लाई चेन, भ्यालु एडेड, बजारीकरण, कानुनी प्रक्रिया, बिक्री, वितरण, लगानी, साझेदारी विषयमा प्रशिक्षित भएको जानकारी जोशीले दिए ।

बुट क्याम्पकमा छानिएका व्यवसायीहरुलाई कृषिमा आधारित तालिमपछि एग्रिबिजनेस इन्नोभसन सेन्टरलाई हस्तान्तरण गर्ने योजना रहेको जोशीले बताए ।