२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


भारतीय सहयोगको कोल्डस्टोर अलपत्र


0
Shares

भक्तपुरस्थित चर्खाप्रचार गान्धी तुलसी महागुठीले कोल्डस्टोर निर्माणमा चासो नदिँदा अन्तिम चरणमा आइपुगेको निर्माणकार्य अलपत्र बनेको हो ।

भारत सरकारको २ करोड ५० लाख रुपैयाँ एवं भक्तपुरस्थित चर्खाप्रचार गान्धी तुलसी महागुठीको ४३ लाख रुपैयाँको लागतमा कोल्डस्टोर निर्माणको काम अघि बढाइएको थियो ।

कोल्डस्टोरको ८० प्रतिशत काम भने सम्पन्न भइसकेको छ । तर, प्रक्रियागत तालमेलको अभावमा कोल्डस्टोर अलपत्र अवस्थामा पुगेको हो ।

चिस्याउने मेसिन खिया परेर काम नलाग्ने भइसकेको स्टोरका कामदार शिवनारायण मण्डलले बताए ।

कोल्डस्टोर निर्माण सम्पन्न भइ सन्चालनमा आएमा दुई हजार मेट्रिकटन आलु भन्डारण गर्नसक्ने क्षमता रहेको छ ।