Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिद्वारा नगरसभा बैठक वहिष्कार


0
Shares

कञ्चनपुर, माघ २६ । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले कञ्चनपुरको भीमदत्त नगरपालिकाको चौथो नगरसभा बहिष्कार गरेका छन् ।

समयमै नगरसभा नभएको र कार्यविधि समेत पढ्न नपाएको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आज हुने भनेको भीमदत्त नगरपालिकाको चौथो नगरसभा अवरुद्ध गरेका हुन् ।

कांग्रेसबाट निर्वाचित ३९ जना जनप्रतिनिधिले अवरुद्ध गरेपछि नगरसभा सञ्चालन हुन सकेको छैन ।