Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


संघीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : मन्त्री ढकाल


0
Shares

विराटनगर, माघ २६ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संघीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरेका छन् ।

विराटनगरमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दैै उनले विभिन्न आन्दोलनबाट ल्याइएको संघीयता कार्यान्वयनमा सरकारमाथि शंका गर्नु नपर्ने बताए ।

शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै मन्त्री ढकालले स्थानीय तहको अधिकार बाँडफाँडका विषयमा बृहत् छलफलबाट क्रमशः अधिकार सम्पन्न गराउँदै लैजाने बताए ।

अहिलेसम्म १ सय ६५ वटा कानुन निर्माण भइसकेको बताउँदै उनले  १ सय ९ वटा कानुन संशोधनको प्रक्रियामा रहेको जानकारी दिए ।