
विद्युत् विकास विभागले १४४ मेगावाट क्षमताका सात वटा आयोजनालाई पूर्वाधार निर्माणको अनुमति दिएको छ भने १६४ मेगावाट क्षमताका अन्य चार वटा आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् ।
विभागका उपमहानिर्देशक पुरुषोत्तम आचार्यले विभिन्न क्षमताका ११ वटा जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विभिन्न प्रवर्द्धक कम्पनीलाई अनुमति दिइएको जानकारी दिए ।
वातावरणीय प्रभाव मूल्यांकन र विद्युत् खरिद बिक्री सम्झौता गरेका आयोजनालाई निर्माणको अनुमति दिइएको उपमहानिर्देशक आचार्यले बताए ।
नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि सहायक कम्पनी स्थापना गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्