Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


विदेशी लगानी सम्बन्धी विधेयकले विदेशी लगानी भित्र्याउन सजिलो


0
Shares

उद्योग मन्त्री नवीन्द्रराज जोशीले १९ गतेको मन्त्रिपरिषद्बाट पारित भएको यस विधेयकले साविक कायम विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन,२०४९ लाई विस्थापित गरी नेपालमा विदेशी लगानी भित्र्याउनका लागि कानूनी रुपमा नै सहजीकरण गर्ने उल्लेख गरेका हुन् ।

उद्योग मन्त्रालयको विशेष पहलमा ल्याउन लागिएको यस विधेयकमा थुप्रै नयाँ व्यवस्थाहरु गरिएको छ ।

विधेयकमा प्रविधि हस्तान्तरणलाई विस्तारित रुपमा राख्दै साविक भन्दा नयाँ गुड विल फर्मुला, प्राविधिक हक हस्तान्तरण लगायतकाा कुराहरुलाई समेत समेटेर विश्वव्यापी प्रचलित व्यवस्था अनुरुप कायम गर्न खोजिएको जनाइएको छ ।

विदेशी लगानीको अधिकत सिमा नतोकिने भएको छ । ५ अर्ब सम्मको विदेशी लगानी उद्योग विभागबाट नै स्वीकृत हुने लगायतका सहज व्यवस्था गरिएको पनि जनाइएको छ ।