
न्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले सोमबार पुनः मतदान गराउने निर्वाचन आयोगको निर्देशन अघि नबढाउन आदेश दिएको हो ।
सर्वोच्चले दुबै पक्षलाई जेठ २८ गतेभित्र छलफलका लागि अदालतमा आउन पनि आदेश दिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर–१९ को मतगणनाकाक्रममा माओवादी प्रतिनिधिले गत साता मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।
तर, भरतपुर–१९ का खुला सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले आइतबार आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्