
दोस्रो चरणको स्थानीय तह निर्वाचन सफल पार्न सुरक्षा व्यवस्था व्यवस्थित गर्नेक्रममा कारागारको सुरक्षा जिम्मा सेनालाई दिइएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए ।
१५ सय कैदीहरु रहेको सो कारागारमा २०६९ साल कात्तिक २३ गते राति सुरुङ खनेर १२ जना कैदी भागेका थिए ।
झुम्का कारागारको सुरक्षाका लागि नेपाली सेनाको बटुक दल गण इटहरीबाट सहसेनानी प्रदीप राईको नेतृत्वमा ४० जनाको टोली गएको छ ।
प्रतिक्रिया दिनुहोस्