
बुंगल हाइड्रो प्रालिले निर्माण गर्न लागेको परियोजनाको हालै फाइनान्सियल क्लोजर सम्पन्न भएको हो ।
परियोजनामा सिभिल बैंकको नेतृत्वमा नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक र लक्ष्मी बैंकले ऋण लगानी गर्दैछन् ।
‘लिड’ बैंक सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र बुंगल हाइडो प्रालिको तर्फबाट उमेश श्रेष्ठले ऋण समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
परियोजनाको कुल लगानी एक अर्ब ८१ करोड ५० लाख रुपैयाँ रहेको छ । यसमध्ये बैंकको ७५ प्रतिशत अर्थात् एक अर्ब ३६ करोड र निर्माण कम्पनीको २५ प्रतिशत अर्थात् ४५ करोड लगानी हुने जनाइएको छ ।
सन् २०१९ सेप्टेम्बर १५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्