२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


देउवा प्रधानमन्त्री बनेलगत्तै मोदीले दिए बधाइ


0
Shares

नेपाली कांग्रेसका सभापति देउवा व्यवस्थापिका–संसदबाट नेपालको ४०औं प्रधानमन्त्री चुनिएलगत्तै मोदीले टेलिफोन गरी बधाइ दिएका हुन् ।

मोदीले मंगलबार साँझ ट्वीट गर्दै प्रधानमन्त्री देउवालाई टेलिफोनमार्फत् बधाइ दिएको जानकारी दिएका छन् ।

दुईओटा ट्वीट् गर्दै प्रधानमन्त्री मोदीले लेखेका छन्–‘प्रधानमन्त्री देउवाको नेतृत्वमा नेपालको शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना दिन चाहन्छु ।’