१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


प्रधानमन्त्री देउवासहित ८ मन्त्रीको शपथ, कसलाई कुन मन्त्रालय ?


0
Shares

नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुले बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवगठित मन्त्रिपरिषदमा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महराले उपप्रधान एवं परराष्ट्र र नेपाली कांग्रेसका गोपालमान श्रेष्ठले उपप्रधान एवं शिक्षा मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यसैगरी, गृह मन्त्रालयमा माओवादी केन्द्रका जनार्दन शर्मालाई ल्याइएको छ भने अर्थ मन्त्रालयको जिम्मेवारी कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ ।

कांग्रेसकै फरमुल्ला मन्सुरलाई श्रम तथा रोजगारीमन्त्री बनाइएको छ भने माओवादी केन्द्रका प्रभु साहले बिनाविगाीयमन्त्रीकोरुपमा शपथ लिएका छन् ।