
बुधबार अर्थ मन्त्रालयलमा पदभार ग्रहण गर्दै मन्त्री कार्कीले कल्याणकारी राज्य बनाउन स्रोत–साधनको परिचालनलाई ध्यान दिइने बताए ।
मन्त्रीको पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा अर्थ मन्त्रालयले मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी गराएको थियो ।
अर्थसचिव शान्तराज सुवेदीले आर्थिक स्थायित्वतर्फ लैजाने गरी अर्थ मन्त्रालयले काम गरिरहेको भन्दै उच्च व्यापार घाटाको सम्बोधन गर्नु चुनौतीपूर्ण रहेको बताए ।
उनले हालसम्म ३६ प्रतिशतमात्रै पुँजीगत खर्च भएको भन्दै यसलाई बढाउन ताकेता गरिरहेको बताए ।
आगामी आर्थिक वर्षमा लक्षित ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गरी प्रभावकारीरुपमा काम गर्नुपर्ने बताए ।
राजश्व सचिव राजन खनालले रेमिट्यान्सले नै व्यापार घाटा पूर्ति गरिरहेको भन्दै निर्यात बढाइ व्यापार घाटा घटाउनु चुनौती रहेको बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आर्थिक वृद्धि उच्च अंकमा जान लागेको, शोधनान्तरस्थित राम्रो रहेको, मूल्यवृद्धि ३ दशमलव ४ प्रतिशतमा रहेको भन्दै आर्थिक परिसूचक सहज अवस्थामा रहेको बताए ।
उनले व्यापार घाटा उच्च रहेको भन्दै त्यसतर्फ भने ध्यान दिइनुपर्ने बताए । १० महिनाको अवधिसम्म ७ खर्ब ४७ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्