२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो, खराब मौसमले पाकिस्तानलाई फाइदा


0
Shares

इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत बुधबार राती भएको खेलमा पाकिस्तान डकवर्थ लुईस नियमको आधारमा १९ रनले विजयी भयो ।

खेलमा पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १९ रन बनायो ।

उसका लागि जेम्स मिलरले अविजित ७५ रन जोडे । पाकिस्तानका हसन अलीले ३ विकेट लिए ।

जवाफमा २ सय २० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २७ ओभरमा ३ विकेट गुमाएर १ सय १९ रन जोडेको अवस्थामा वर्षा भयो ।

खराब मौसमले थप खेल हुन नसकेपछि पाकिस्तान ‘डिएल मेथड’मा १९ रनले विजयी भएको हो ।

जितसँगै पाकिस्ताले सेमिफाइनल पुग्ने संभावना जिवित राख्दा दक्षिण अफ्रिका दबाबमा आएको छ ।

पहिलो खेलमा पाकिस्तानलाई भारतले हराएको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई पाखा लगाएको थियो ।

अब समुहको अन्तिम खेलहरुमा पाकिस्तान र श्रीलंका तथा भारत र दक्षिण अफ्रिका भिड्नेछन् ।्च्यम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत आज हुने खेलमा भारत र श्रीलंका भिड्नेछन् ।