२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कामु प्रधानन्यायाधीश पराजुलीविरुद्धको रिट निवेदन खारेज


0
Shares

फाइल फोटो

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेरका सम्बन्धमा कुनैपनि प्रमाणित आधार नभेटिएकाले रिट निवेदन खारेज गरेको हो ।

बुधबारदेखि कामु प्रधानन्यायाधीशको कार्यभार सम्हालेका पराजुलीलाई अब प्रधानन्यायाधीश बन्न बाटो खुलेको छ ।

राष्ट्रपतिको कार्यालय, संसदीय सुनुवाइ विशेष समिति, न्यायाधीश पराजुली, संवैधानिक परिषद् र न्यायपरिषद्लाई विपक्षी बनाई अधिवक्ता विकास गिरीले यही जेठ १७ गते रिट निवेदन दायर गरेका थिए ।

नागरिकता र शैक्षिक योग्यतामा विवादित न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्न आदेशको मागसहित रिट निवेदन दायर गरिएको थियो । रासस