Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


प्रतिवेदन बुझाउने विषयमा नेकपाको कार्यदलमै विवाद


0
Shares

काठमाडौं, माघ २५ । नेकपाको एकता प्रस्ताव बनाउन गठित कार्यदलमै प्रतिवेदन बुझाउने विषयमा विवाद भएको छ ।

झण्डै डेढ महिनासम्म पनि कार्यदलले प्रस्ताव ल्याउन नसकेपछि गत सोमबारको सचिवालय बैठकले जे अवस्थामा छ, त्यही प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

निर्देशनपछि प्रतिवेदन तयार गर्न बिहीबार बसेको बैठकमा सदस्यहरुबीच विवाद भयो । संयोजक रामबहादुर थापाले अहिलेसम्मको प्रगति समेटेर प्रतिवेदन बुझाउनुपर्ने प्रस्ताव गरे भने अन्य सदस्यले सहमति भएका र नभएका विषय छुट्याएर बनाउनुपर्ने बताए । –कान्तिपुर दैनिकबाट