Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


निजी सवारी साधनको बिक्री घट्यो


0
Shares

काठमाडौं, माघ २५ । निजी सवारी साधनलाई अनुत्पादक तथा विलासी वस्तु भन्दै नेपाल राष्ट्र बैंकले कठोर नीति ल्याएपछि त्यस्ता सवारी साधनको बिक्रीमा कमी आएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिकम समीक्षामा निजी सवारी साधनमा ऋण प्रवाह गर्दा सवारी मूल्यांकनको अधिकतम ५० प्रतिशतमात्र लगानी गर्न पाउने व्यवस्था गरेपछि निजी सवारी साधनको बिक्री घटेको हो ।

यसअघि सवारी मूल्यांकनको अधिकतम ६५ प्रतिशतसम्म ऋण लगानी गर्न पाउने व्यवस्था परिमार्जन गर्दै ५० प्रतिशतमा झारेपछि निजी सवारी साधनको बिक्री घटेको अटो व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए । –नागरिक दैनिकबाट

 

Skip This