
फाइल फोटो
इरानको संसद् भवन र सर्बोच्च नेता आयातुल्लाह खामेनीको समाधीस्थलमा बुधबार भएको आतंककारी आक्रमणमा परी कम्तीमा १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५२ जना घाइते भएका थिए ।
उत्तर कोरियाका राष्ट्रपति किम योङ नामले इरानका राष्ट्रपति हुसेन रोहानीलाई एक समवेदना सन्देश पनि पठाएको समाचारमा जनाइएको छ ।
किमले पठाएको सो सन्देशमा उक्त आक्रमणमा मारिएका व्यक्तिका परिवारजनलाई पनि गहिरो समवेदना प्रकट गरिएको जनाइएको छ ।
इरानको संसद् भवन र सर्बोच्च नेता आयातुल्लाह खामेनीको समाधीस्थलमा भएको यस आक्रमणको इस्लामिक स्टेट्स आतंककारी समूहले जिम्मा लिएको थियो ।
उक्त आक्रमणको विश्वव्यापीरुपमा निन्दा गरिएको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्