
शनिबार बिहान प्युठान, सिन्धुपाल्चोक र कञ्चनपुर जिल्लाबाट बिभिन्न पार्टी परित्याग गर्दै माओवादी केन्द्र प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र मात्रै राष्ट्रिय एकताको नेतृत्वकर्ता पार्टी भएको बताएका हुन् ।
‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समानुपातिक–समावेशी सिद्धान्त, विकास, समृद्धि, राष्ट्रिय एकता र छिमेकीसँगको सन्तुलित सम्बन्ध माओवादी आन्दोलनका उपलब्धि हुन्,’ उनले भने, ‘माओवादीले मात्रै हिमाल, पहाड र तराई–मधेशलाई जोडेर साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्ने सामर्थ्य राख्दछ । आज तपाईहरु पूर्वदेखि पश्चिम सम्मका विभिन्न पार्टीमा क्रियाशील रहेका नेता साथीहरु माओवादी केन्द्रमा आउनुभएको छ । यसले पनि माओवादी पार्टी मात्रै राष्ट्रिय एकताको केन्द्र हो भन्ने कुरा पुष्टि हुँदैछ ।’
परिवर्तनका मुद्धाहरु सम्बोधन गर्न माओवादीमात्रै सक्षम रहेको बताउँदै उनले भने, ‘माओवादी बिना न त परिवर्तन सम्भव छ, न त समृद्धि र विकास नै । यो तथ्य फेरि एकचोटी पुष्टि भएको छ ।’
कार्यक्रममा अध्यक्ष दाहालले सिन्धुपाल्चोक, कञ्चनपुर र प्युठान जिल्लाबाट बिभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्