३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


बद्रीनाथबाट तीर्थालु लिएर फर्कन लागेको हेलिकोप्टर दुर्घटना, एकजनाको मृत्यु


0
Shares

उडेको केहीबेरमै हेलिकोप्टर जमिनमा खसेको थियो । दुर्घटनामा हेलिकोप्टरको पङ्खाले काटिएर एकजनाको मृत्यु भएको छ भने चालक दलका दुई सदस्य घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार हेलिकोप्टरमा ८ जना सवार थिए । जमिनमा खस्नासाथ भाग्ने क्रममा हेलिकोप्टरको पङ्खाले काटिएर एकजनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । अन्य पाँच जना भने सुरक्षित रहेको बताइएको छ । घाइते दुबै पाइलटलाई उपचारका लागि पठाइएको छ ।

दुर्घटनाको कारण भने प्रष्ट हुन सकेको छैन । (एजेन्सी)