
तर सरकारले चिया क्षेत्रको विकासका लागि बनेको नीति कार्यान्वयनमा चासो नदेखाउँदा ब्यवसायीहरु निराश देखिएका छन् ।
केही हप्ता अघिमात्रै फ्रान्सका चिया ब्यवसायीहरु पाँचथरको एकतीनस्थित चरीभन्ज्याङमा रहेको पाथिभरा टि स्टेटमा आइपुगे । उनीहरुले यस ठाउँमा अर्गानिक चिया पाइने र अन्य देशका तुलनामा यहाँको चिया बढी नै स्वादिष्ट हुने भएको हुँदा चिया बगान मै आएर चिया टेस्टिङ गरेर आफ्नो देश लैजाने गरेका छन् ।
चिया टेस्टिङका लागि आएका फ्रान्सेली चिया निर्यातकर्ता डेलमसले यस ठाउँको अर्गानिक चियालाई आफूले पनि प्रमोट गर्ने बताउँछन् ।
पूर्वी पहाडी जिल्लामा अर्गानिक चिया त उत्पादन हुन्छ तर राज्यले चियाको विस्तार, प्रवर्द्धन र निर्यातमा भने खासै चासो नदेखाएको ब्यवसायीहरु बताउँछन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्