
गम्भीर प्रकृतिको महामारीका कारण अहिलेसम्म एक लाखभन्दा बढी प्रभावित भएको संगठनले जनाएको छ । यमनका २२ मध्ये १९ प्रान्तमा महामारी फैलिएको छ ।
यमनका हैजाका कारण पछिल्लो समय प्रत्येक घण्टा कम्तिमा एक जनाको ज्यान जाने गरेको छ ।
दुई वर्षदेखि सरकारी सेना र हुथी बिद्रोहीबीच भइरहेको युद्धका कारण यमनको स्वास्थ्य, खानेपानी तथा सरसफाइ व्यवस्था पूर्णरुपले ध्वस्त भएको छ ।
हैजाबाट प्रभावित हुनेमा बढी बालबालिका रहेको र उनीको अवस्था निकै दयनीय बन्दै गएको संयुक्त राष्ट्र संघले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्