३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


अफगान सैनिकको गोली लागेर तीन अमेरिकी सैनिकको मृत्यु


0
Shares

हेलमन्द प्रान्तमा रहेको आचिनमा संयुक्त अभ्यासका क्रममा अफगान सैनिकले अमेरिकी सैनिकमाथि गोली प्रहार गर्दा ती सैनिकको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा अर्का एक अमेरिकी सैनिक घाइते भएका छन् ।

हत्या गर्ने अफगान सैनिक पनि जवाफी कारबाहीमा मारिएका छन् ।

यसअघि अमेरिकी र अफगान गठबन्धन सेनाको संयुक्त अभ्यासका क्रममा अमेरिकी सैनिकले दुईजना अफगान सेनाको गोली हानी हत्या गरेका थिए ।

अफगानिस्तानमा विगत तीन वर्षदेखि तालिवानविरुद्धको कारबाहीमा अमेरिकी गठबन्धन सेना तैनाथ गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । (एजेन्सी)