३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


इरानले कतारलाई पांचवटा विमानबाट खाद्यान्न पठायो


0
Shares

माग भएसम्म खाद्य सामग्री पठाइने इरानी अधिकारीहरुले जनाएका छन् । इरानले थप तीन वटा विमानमा ३ सय ५० टन खाद्यान्न कतार पठाउन तयारी गरिरहेको छ ।

कतारी विमानलाई इरानले आफ्नो हवाई मार्ग खुला गरेको छ । तर नाकाबन्दी गर्ने साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेट्सले भने यो सुविधा बन्द गरेका छन् ।

आतंककवादीलाई सहयोग गरेको भन्दै साउदी अरेबीया सहित छ मुलुकले सम्बन्ध तोडेपछि कतारले नाकाबन्दीको सामना गरिरहेको छ ।

तर कतारले भने आरोप तथ्यहीन बताउदै आएको छ । कतारमा आउने खाद्यान्न मध्ये ४० प्रतिशत छिमेकी साउदी अरेबियाबाट आउने गथ्र्यो ।

नाकाबन्दीका बाबजुत आफुसंग १२ महिनासम्मका लागि खाद्यान्नको जोहो रहेको जनाएको छ ।

यता कतार विरुद्ध नाकाबन्दी घोषणा गर्ने मुलुकहरुले आफ्नो मुलुकमा रहेको कतारीहरुलाई स्वदेश फर्कने आदेश जारी गरेपनि कतारले भने कुनै मुलुकका नागरिकलाई कतार छोड्न नभन्ने जनाएको छ । (एजेन्सी)