
कंगोको उत्तरी क्षेत्रस्थित किबु प्रान्तको एक कारागारमा बन्दुकधारीको आक्रमणपछि ९ सयभन्दा बढी कैदीबन्दी भागेका छन् ।
कारागारमा आक्रमण गर्नेहरुले ठूला हतियार प्रयोग गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।
आक्रमणमा ज्यान गुमाउनेमध्ये ८ जना कारागारको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी हुन् । कसले आक्रमण गर्यो भन्ने खुल्न सकेको छैन ।
कंगोको राजधानी किनशासामा गत महिना पनि कारागारबाट झन्डै चार हजार कैदीबन्दी भागेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्