
तर, जनताको आवास नै उठाएर विस्तार गरिएको सडक यतिबेला मनपरी पार्किङ गर्ने स्थलमा परिणत भएको छ ।
अनुगमनकारी निकायको बेवास्ताले आमसर्वसाधारणले भने झनै हैरानी व्यहोर्नुपरेको छ ।
पैदलयात्रीलाई हिँड्न छुट्याइएको साँघुरो सडकमासमेत सवारी–साधन पार्किङ गरिएकाले सर्वसाधारणलाई अवात–जावत गर्न निकै कठिनाइ भएको हो ।
उपत्यकाका बागबजार, न्यूरोड, बलाजु–बाइपासलगायतका फराकिला सडकमा ‘अभद्र’ तरिकाले पार्किङ गर्ने छुट कसले दियो ? कोही जिम्मेवार र जवाफदेही देखिन्नन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआइजी मिङमार लामा भने पार्किङस्थलको व्यवस्थापन नभइसकेकोले एक लाइनमा निःशुल्क पार्किङ गर्न पाउने व्यवस्था रहेको तर्क गर्छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्