२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेप्से सकारात्मक रहेर थामियो


0
Shares

काठमाडौं, असार १९ । मंगलबार पुँजीबजार झिनो अंकले सकारात्मक रहेर थामियो ।

निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको नेप्से यसदिन नगन्य आधा अंक बराबरलेमात्र हरियो रहेर थामिएको हो ।

कारोबारको सुरुआती समयमा झरेर ११ सय ७४ मा पुगिसकेको नेप्से उतार–चढाव हुँदै अन्तिम समयतिर सच्चिएको हो ।

यसदिन कारोबार भएकामध्ये आधा समूह हरियो रहे भने आधा रातो रहे ।

यसदिन १६२ कम्पनीका ९ लाख १५ हजार बराबर कित्ता सेयर २१ करोड ८१ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।