
दुर्घटनामा ट्याक्सीचालक सिन्धुपाल्चोक, मांखा घर भएका २४ वर्षीय बुद्धिबहादुर लामा र सोही ट्याक्सीमा सवार सिन्धुपाल्चोक, सिम्ले घर भएका ४० वर्षीय मानबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।
सोमबार राति भएको दुर्घटनामा घाइते भएका सोही ट्याक्सीमा सवार सिन्धुपाल्चोककै २५ वर्षीय राकेश तामाङ र कृष्ण तामाङको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका चालक लामाको ब्लू क्रस अस्पतालमा र तामाङको मध्यपुर अस्पतालमा उपचारकाक्रममा मंगलबार मृत्यु भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्