
कतारका एक व्यवसायीले अमेरिका र अस्ट्रेलियाबाट ४ हजार गाई ल्याएर दूध उत्पादन गर्ने भएका छन् । उनले विमानबाट ती गाई ल्याउने र दूध उत्पादन गर्ने भएका हुन् ।
समाचार एजेन्सीहरुका अनुसार कतारका व्यवसायी मौतज अल खयतले कतारमा ताजा दूधको आपूर्तिका लागि यो कदम उठाएका हुन् ।
पावर इन्टरनेशनल होल्डिङ कम्पनीका अध्यक्ष मौतजले भने, ‘अहिले कतारका लागि काम गर्ने समय हो ।’ उनले अस्ट्रेलिया र अमेरिकाबाट खरिद गरिएका गाईलाई कतार एयरवेजको विमानबाट ल्याइने बताए ।
यसै महिनाको अन्त्यदेखि दूध उत्पादन भइसक्ने बताइएको छ । यसका लागि करिब ६० वटा उडान लाग्ने अनुमान गरिएको छ ।
दोहाबाट ५० किलोमिटरको दूरीमा मोताजले डेरी फार्म संचालन गर्ने भएका छन् । भौतिक पूर्वाधारको काम भइसकेको जनाइएको छ ।
कतारमा हाल टर्कीबाट दूग्ध उत्पादन आपूर्ति हुने गरेको छ । त्यसैगरी ईरानबाट तरकारी तथा फलफूल आयात हुने गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्