
काठमाडौंको सीतापाइलामा मंगलबार राति पाइप लाइन विस्तार गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर सप्तरीका सन्तोष दास, सप्तरीकै श्यामसुन्दर राम र पर्वतका तेजप्रसाद केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खाल्डोभित्र पसेर काम गर्दै गर्दा माथिबाट ढिस्को खस्दा मजदूरहरुको घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरुको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्