२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


कुमाले समुदायलाई सरस्वतीको मूर्ति बनाउन भ्याईनभ्याई


0
Shares

सर्लाही, माघ २३ । बसन्त पञ्चमी अर्थात् सरस्वती पूजा नजिकिँदै गर्दा सर्लाहीका कुमाले समुदायलाई सरस्वतीको मूर्ति बनाउन भ्याईनभ्याई भएको छ । विद्यालयबाट मूर्तिको माग आउन थालेपछि उनीहरुलाई मूर्ति बनाउन चटारो परेको हो । पुर्ख्यौली पेशा अँगाल्दै आएका कुमाले सरस्वती पूजाको समयमा एक महिनामा २ लाख रुपैयाँसम्म आम्दानी गर्दछन् ।

पुसको पहिलो सातादेखि नै मूर्ति बनाउन थालेका मूर्तिकारले मूर्तिमा माटो लगाउने, पोत्नेलगायतका काम गरिरहेका छन् । सरस्वती पूजासँगै विश्वकर्मा पूजा, विजया दशमी, लक्ष्मी पूजा, कृष्णजन्माष्टमी जस्ता चाडपर्वमासमेत उनीहरु मूर्ति बनाउने गर्छन् । तर मूर्ति बनाउनका लागि आवश्यक पर्ने कच्चापदार्थ भारतबाट ल्याउनुपर्ने बाध्यताले उनीहरुलाई समस्या भएको छ ।

स्वदेशमै कच्चा पदार्थ उपलब्ध भए सहज हुने उनीहरुको भनाइ छ ।