
कुनैबेला खानेपानीका भरपर्दो स्रोत मानिने अधिकांश ढुंगेधारा सुकिसकेका छन् ।
कुनै समय ललितपुर, सुन्धाराको ढुंगेधाराबाट टोलवासी र वरिपरिका बासिन्दाले खानेपानीको गर्जो टार्थे । तर, अहिले परिस्थितिमा परिवर्तन आएको छ ।
ढुंगेधारा सुक्खा छन् र यी धारामा विगतमा पानी आउँथ्यो भन्दा नयाँ पुस्ताले पत्याउन नसक्ने अवस्था बनेको छ ।
सुन्धारामात्र होइन, ललितपुरका अधिकांश ढुंगेधाराको अवस्था यस्तै छ । ऐतिहासिक र पुरातात्विक महत्वका ढुंगेधारा इतिहासको चिनारीजस्तोमात्र बनेका छन् । वर्षायामबाहेकको अवस्थामा यी धारामा पानी बग्दैन ।
स्रोतको संरक्षण गर्न नसक्दा आज उपत्यकाका अधिकांश बासिन्दा पानीको समस्या व्यहोर्न बाध्य छन् । कोठाभाडामा लिएर बस्नेहरुलाई त अझ बढी समस्या छ ।
बिनाकुनै मापदन्ड गाडिएका बोरिङ, घर निर्माण, बढ्दो सहरीकरण र मुहान संरक्षणका लागि कुनै योजना नहुनुजस्ता कारणले ढुंगेधाराको दुरावस्था बनेको बताउँछन्, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी ।
पानीको स्रोत संरक्षणका लागि सरकारले अहिलेसम्म कुनै योजना ल्याउन नसकेको उनको भनाइ छ ।
स्रोतको संरक्षण गर्दै ऐतिहासिक र सांस्कृतिक महत्वका ढुंगेधारा जोगाउँदै पानी आउने अवस्था बनाउनु सरकारको दायित्व हो । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्