 
	    दुई वटा पानी जहाज ठोक्किँदा भएको घटनामा तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि योकोसुकाको अस्पतालमा भर्ना गरिएको छ ।
दुर्घटनामा हराएकाहरुको खोजी भइरहेको अमेरिकी अधिकारीले बताएका छन् ।
अमेरिकी नौसेनाको युएसएस फिट्जेरल्ड पानी जहाज सामान बोक्ने अर्को पानी जहाजसँग योकोसुकाको दक्षिण–पश्चिम तर्फको समुद्री क्षेत्रमा ठोक्किएको हो ।
योकोसुकाको दक्षिण–पश्चिमी तटीय क्षेत्रबाट एक सय तीन किलोमिटर पर प्रशान्त महासागरमा भएको दुर्घटनामा नौसेनाको पानी जहाजको दायाँ भागमा ठूलो क्षति पुगेको छ ।
दुर्घटनाग्रस्त १५४ मिटर लामो नौसेनाको पानी जहाज योकोसुका तर्फ आउँदै गरेको छ । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्