२५ श्रावण २०८२, आइतबार | Mon Aug 11 2025


पाकिस्तानी राजदूतावासले जम्मु–कस्मिर एकता दिवस मनायो


0
Shares

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले जम्मु–कस्मिर एकता दिवस मनाएको छ ।

एकता दिवसका अवसरमा पाकिस्तानी दूतावासले जम्मु–कस्मिर विवाद र क्षेत्रीय शान्ति विषयक कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत डाक्टर मजहर जाबेदले कस्मिर विवाद शान्तिपूर्ण रुपमा समाधान हुनुपर्नेमा जोड दिए ।

उनले क्षेत्रीय शान्तिका लागि पाकिस्तानले शान्ति चाहेको भन्दै पाकिस्तान क्षेत्रीय शान्तिको पक्षमै रहेको बताए ।

कस्मिर अहिले पनि युद्धबाट प्रताडित रहेको भन्दै उहाँले युद्ध अन्त्यका लागि सबै पक्ष उदार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले कास्मिर विवाद समाधान गर्न संयुक्त राष्ट्रसंघले तत्परता देखाउनुपर्ने बताए ।

कार्यक्रममा कास्मिर र कास्मिरी जनताले भोग्नुपरेका समस्याका बारेमा बनाइएको वृत्तचित्र प्रदर्शनी गरिएको थियो ।