Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


कतार नसच्चिए वर्षौं एक्लिनुपर्छ : युएई


0
Shares

खाडीमुलुक कतारले आतंकवादी गतिविधि सन्चालन गर्दै आएको इस्लामिक अतिवादी जिहादी समूहलाई सहयोग पुर्‍याएको आरोप लगाउँदै युएईका विदेशमन्त्री अनवार गारगासले पेरिसमा सन्चारकर्मीसँग भने–‘हामी कतारविरुद्धको कूटनीतिक सम्बन्धविच्छेदलाई लम्बाउनेमात्र होइन, सो मुलुकलाई एक्लाउन चाहन्छौं ।’

उनले कतारले अतिवादी इस्लामिक समूहको साथ छोड्नुपर्ने बताए ।

‘वर्तमान समस्याको समाधान कतारको हातमा रहेको र यदि दोहाले अन्य खाडीमुलुकसँगको सम्बन्धमा सुधार ल्याउन चाहन्छ भने उसको जिहादी समूहसँगको शंकास्पद गतिविधिलाई सचाएर आउनुपर्छ’–उनले थपे । रासस/एएफपी

Skip This