
करिब ६ घण्टासम्म पानी ट्यांकमा पसेर ज्यान जोगाउनेमा ९० बर्षिया बृद्धासमेत छिन् । जंगलमा लागेको आगो भने पाँच दिनपछि नियन्त्रणमा लिईएको छ ।
आगलागीमा परी कम्तिमा ६२ जनाको मृत्यु भएको थियो । आगलागीमा अग्नी नियन्त्रक सहित ५९ जना घाईते भएका छन् ।
आगोले डढेर जंगल सखाप भएको छ । आगो बस्तीसम्म प्रवेश गर्दा केही घर जलेर नष्ट भएका छन् ।
आगो नियन्त्रण गर्न सयौं अग्निनियन्त्रक र केही हेलिकोप्टर परिचालन गरिएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । पोर्चुगलका केही क्षेत्रमा अहिले तापमान ४० डिग्री सेल्सियसभन्दा बढी छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्