४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरियाली लडाकु विमान खसाल्यो, रुसले दियो चेतावनी


0
Shares

रुसले सिरियाली लडाकु विमानमाथि भएको हमलालाई आफ्नो विमानमाथि भएको हमलाका रुपमा लिएको टिप्पणी गर्दै जवाफी कारवाही गर्ने चेतावनी दिएको छ ।

अमेरिकी गठबन्धन सेनाका अनुसार उसले आइतबार रक्कामा अमेरिका समर्थित विद्रोहीमाथि आक्रमण गर्न परिचालित सिरियाली लडाकु विमान खसालेको छ ।

सिरियाको प्रमुख सहयोगी मुलुक रुसले सो घटनापछि हवाई दुर्घटना रोक्नका लागि अमेरिकासँग हुँदै आएको सूचना आदान प्रदान सम्झौतालाई निलम्बन गरिएको जनाएको छ ।

अमेरिकाले सिरियाली विमान खसाल्नु अघि यस्तो सम्झौता अनुसार सूचना आदान–प्रदान नगरेको रुसको आरोप छ ।

सिरियाले उक्त घटनालाई अमेरिकाका तर्फबाट गरिएको ‘निन्दनीय हमला’ भनेको छ । उसले यसको खतरनाक परिणाम हुने चेतावनी पनि दिएको छ ।

रुसी रक्षा मन्त्रालयले भनेको छ, ‘फरात नदीको पश्चिमतर्फ रुसी एन्टी एयरक्राफ्टसहितको सैन्य टोलीले अन्तर्राष्ट्रिय गठबन्धनका विमान र ड्रोनसहित हरेक विमानको निगरानी गर्नुका साथै निशाना बनाउने छ ।’ (एजेन्सी)