
मृत्यु हुनेमा ‘आइसी–८’ राजमार्ग हुँदै मोटरबाट आफ्नो गन्तव्यतर्फ जाँदै गरेका यात्रुको संख्या उल्लेख्य छ । कम्तीमा एक दर्जन कार जलेर खरानी भएका छन् ।
राजमार्गमा गुडिरहेका ती सवारी साधन एक्कासी आगोको चपेटमा परेका हुन् । तीव्र हावाका कारण आगोले राजमार्ग नै लपेटेपछि ती कार अगलागीको चपेटामा परेका हुन् ।
राजमार्गको सो खण्डमा हालै ड्रोनमार्फत लिइएको केही तस्वीर विभिन्न संचारमाध्यममा प्रकाशित भएका छन्, जसमा कयौं सवारी साधन सडकमै जलेको देखिन्छ ।
शनिबारबाट सुरु भएको आगलागी अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । उक्त आगलागीलाई पोर्चुगलकै इतिहासमा सबैभन्दा भीषण मानिएको छ ।
आगलागी नियन्त्रणका लागि अग्नि नियन्त्रकहरुको टोली परिचालन गरिएको छ । सोमबार दुई हजारको संख्यामा अग्नि नियन्त्रकलाई परिचालन गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्