४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


‘ब्रेक्जिटपछि पनि बेलायतमा युरोपेली नागरिकलाई ब्रिटिशसरह अधिकार’


0
Shares

बेल्जिमको ब्रसेल्समा भएको बैठकमा मेले यसबारेमा कसैले पनि कुनै अप्ठ्यारो भोग्न नपर्ने बचन दिएकी हुन् । ब्रिटेनमा पाँच वर्षदेखि बसिरहेका यूरोपेली नागरिकले ब्रिटिशलेसरह स्वास्थ्य, शिक्षा र पेन्सनजस्ता सुविधा उपभोग गर्न पाउने प्रबन्ध मिलाइनेछ ।

ईयू नागरिकको अधिकारलाई कसरी सुनिश्चित गरिने छ भन्ने विषय ब्रसेल्स बैठकमा भएको थियो । ब्रिटेनमा रहेका यूरोपेली र यूरोपभर छरिएर रहेका लाखौं ब्रिटिश नागरिकले ब्रेजिक्ट पूर्वसरह नै अधिकार उपभोग गर्न पाउने व्यवस्था मिलाउन यूरोपियन अदालतले यसअघि नै आदेश पनि दिइसकेको थियो ।

ब्रिटेनमा रहेका करिब ३२ लाख नागरिकमा भने ब्रेक्जिटपछि कतै बेलायत छाड्नु पर्ने हो कि भन्ने त्रास रहेको छ ।

बैठकपछि जर्मन चान्सलर एञ्जेला मर्केलले छलफलको शुरुवात निकै राम्रो रहेको भन्दै अरु धेरै विषय समाधान गर्न बाँकी रहेको बताइन् । २८ देशका प्रतिनिधि सम्मिलित दुई दिने सम्मेलनमा बेलायत यूरोपबाट बाहिरिने मिति सन् २०१९ मार्च ३० पछि दुबै तर्फका नागरिकले कुनै अप्ठ्यारो भोग्न नपरोस् भन्ने नै मूख्य विषय रहेको थियो । (एजेन्सी)