
ओखलढुंगा, माघ २१ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले आफ्नो गलत निर्णय सच्याएको छ ।
गत साउन २४ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयका विषयमा चौतर्फी आलोचना भएपछि माघ १६ गते अर्को बैठक राखेर गाउँपालिकाले आफ्नै निर्णय बदर गरेको हो ।
गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका नदी तथा खोलाबाट ढुंगा, गिटी, बालुवा निकासीका लागि भदौ ३ गते शिलबन्दी बोलपत्र आह्वान गरेर ठेक्का लगाएको थियो । करोडौं मूल्य पर्ने ढुंगा, गिटी, बालुवा वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरी २ लाख रुपैयाँमा ठेक्का लगाएको भन्दै प्रदेश सांसद अम्बिरबाबु गुरुङसहितले चर्को आलोचना गरेका थिए ।
त्यसपछि गाउँपालिकाले ठोट्ने खोला, ओडारे धनमुडा र चार्खूको चिशंखुक्षेत्रमा पर्ने क्षेत्रको ढुंगा, गिटी, बालुवा र ग्राबेलको निकासी गर्न सिद्धिचरण नगरपालिका ४ का सविन श्रेष्ठसँग असोज ७ गते भएको सम्झौता बदर गर्ने निर्णय गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्