Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


नेपाली क्रिकेट टिमले इतिहास रचेको प्रधानमन्त्रीलाई थाहै भएन !


13
Shares

काठमाडौं, माघ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ ट्वीट गर्दै नेपाली क्रिकेट टिमलाई बधाई दिए तर उनलाई नेपालले टि–ट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला जितेर इतिहास रचेको तथ्य भने पत्तो नै नभएको उनको ट्वीटबाट प्रष्ट हुन्छ ।

उनले युएईविरुद्धको तेस्रो खेल जितेकोमा नेपाली टोलीलाई बधाई दिएका छन् । तेस्रो अघिल्ला दुई खेलमध्ये एकमा युएई र अर्कोमा नेपाली टिम विजयी हुँदै तीन म्याचको शृंखला एक–एकको बराबरीमा रहेको अवस्थामा तेस्रो तथा निर्णायक म्याच नेपालले १४ रनले जित्दै शृंखला २–१ ले हासिल गरेको हो । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय टि–ट्वेन्टी शृंखला जितेर इतिहास रचेको अवस्थामा प्रधानमन्त्री ओलीले तेस्रो म्याचको मात्र सफलता जिकिर गर्नु अनौठो मानिएको छ ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्, ‘तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको छ । नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो । नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई ।’