Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


रातभर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो


0
Shares

इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर रातिदेखि आज बिहानसम्म सडक अबरुद्ध भएको थियो ।

तर चारै ठाउँमा गएको पहिरो हटाएर सडक सन्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसैबीच यो सडकखण्डमा आज दिउँसो पनि गाडी चलाउन दिइने भएको छ ।

सडक विस्तारका लागि दिउँसो १० बजेदेखि ४ बजेसम्म बाटो बन्द गरिने गरेकोमा रातिदेखिका गाडी रोकिँदा लामो जाम भएकाले त्यसलाई खुलाउन दिउँसोमा पनि गाडी चलाउन दिइने ट्राफिक प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

पहिरोका कारण चितवनबाट काठमाडौं र पोखरालगायत क्षेत्रमा जाने र आउने सवारीको लामो लाइन लागेको थियो ।

गत शुक्रबार मात्रै कालिखोला नजिकै पहिरो खसेर १७ घन्टापछि बाटो खुलेको थियो । सो पहिरोले बगाएर दुई प्रहरीको मृत्यु भएको थियो भने भ्यानसहित दुई प्रहरी बेपत्ता छन् ।