११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


पर्यवेक्षकहरु भन्छन्– निर्वाचन अभियान भड्किलो र खर्चिलो भयो


0
Shares

आइतबार राजधानीमा भएको कार्यक्रममा निर्वाचन पर्यवेक्षकहरुले निर्वाचन प्रचार प्रसारलाई संयमित र अनुशासित बनाउन आग्रह गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय निर्वाचन पर्यवेक्षक समितिका अध्यक्ष एवं पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचनलाई मर्यादित बनाउन दल र उम्मेदवारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै भड्किलो प्रचार प्रसार नगर्न आग्रह गरे ।

उनले आचरसंहिताको पूर्ण पालना गर्न दलहरुलाई अनुरोध पनि गरे ।