Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


विश्वविद्यालयमा राजनीति हावी हुँदा शैक्षिक संस्था प्रभावकारी भएनन् : विज्ञ


0
Shares

आइतबार राजधानीमा सुर्योदय शैक्षिक प्रतिष्ठानले विश्वविद्यालयका पूर्वउपकुलपतिहरुसँग गरेको छलफलमा राजनीतिक भागवन्डाका कारण विश्वविद्यालयले लगानी गरेबमोजिमको उपलब्धि हासिल गर्न नसकेको बताइएको हो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका प्राध्यापक डा.शम्भु कट्टेलले विश्वविद्यालयमा सिन्डिकेट प्रणालीबाट प्राध्यापकहरुको प्रवेश हुने हुँदा शिक्षाको स्तर खस्किएको टिप्पणी गरे ।

यस्तै कृषि तथा वन विश्वविद्यालयका पूर्व उपकुलपति कैलाशनाथ प्याकुरेलले अनुसन्धानमुलक प्रणालीमा शिक्षा क्षेत्रलाई नलैजाँदासम्म सुधारको आशा गर्न नसकिने बताए ।

अनुसन्धान महाशाखाका पूर्वनिर्देशक डा. हरिन्द्र थपलियाले शैक्षिक सुधारका लागि सरकारसँग ठोस नीति र योजना नभएको आरोप लगाए ।

कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोईरालाले उच्च शिक्षाका लागि विदेशिने प्रवृति नरोक्ने हो भने नेपाललको शैक्षिक प्रणाली झनै खस्किने बताए ।