४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


कोलम्बियामा डुंगा दुर्घटना, ९ जनाको शव फेला, कयौं बेपत्ता


0
Shares

उक्त डुंगामा करिब एक सय ५० यात्री सवार थिए । डुंगामा सवार यात्रीमध्ये अधिकांश पर्यटक रहेको बताइएको छ । तर उनीहरु कुन–कुन मुलुकका थिए भन्नेबारे प्रष्ट भइसकेको छैन ।

मेडलिन सहर नजिकै सो दुर्घटना भएको हो । केही यात्रुको भने उद्धार गरिएको छ । उद्धार गरिएका यात्रुको संख्या खुलाइएको छैन ।

उद्धारका लागि सेनाको हेलिकोप्टरसमेत परिचालन गरिएको छ । (एजेन्सी)