निरन्तर वर्षा हुन थालेपछि पहिरो खस्दा विद्यालय र घर जोखिममा परेका हुन् । साविक रिघा गाविस वडा नम्बर ७ मनेवापाटाका ७ घर र बालज्योति प्राथमिक विद्यालय पहिरोको जोखिममा परेको गलकोट नगरपालिका–११ का वडा अध्यक्ष डम्बर श्रीसले बताए ।
केही महिनाअघि खसेको सुख्खा पहिरोले वर्षायाम सुरु भएसँगै ठूलो रुप लिन थालेको श्रीसले बताए ।
दिनहुँ पहिरो खस्न थालेपछि नजिकै रहेका घर तथा विद्यालय जोखिममा परेको स्थानीय लोकेन्द्र शाहीले बताए । दरमखोला हाईड्रो ईनर्जीले पाईप बिछ्याउन लोकमार्ग फराकिलो बनाइरहेका कारण पहिरोले विशाल रुप लिइरहेको शाहीको गुनासो छ ।










प्रतिक्रिया दिनुहोस्