Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


बिर्तामोडमा बम भेटियो


0
Shares

बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च माविनजिकै सडकछेउ र सुब्बाचोकस्थित मैदानमा सुतुलीबम फेलापरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

मतदान केन्द्र रहेको देवी माविको करिब १५० मिटरनजिकै तार निस्किएको अवस्थामा बम फेलापरेको हो । बिहान मर्निङवाकमा हिँड्ने मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले सो स्थानको २०० मिटर वरपर खाली गराएर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ ।

दुबै स्थानमा फेलापरेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको इप्रका अनारमनीका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जनकारी दिए ।

निर्वाचनविरोधी समूहले त्रास फैलाउन बम राखेको हुनसक्ने अनुमान प्रहरीको छ । बम फेलापरेपछि स्थानीय त्रसित भएका छन् । रासस